YouTube Link

बीमा कम्पनीको व्यापार बढ्यो, कसले कति कमाए ?

Facebook Link

 

काठमाडौं: जीवन बीमाभन्दा निर्जीवन बीमा कम्पनीको नाफामा अगाडि देखिएका छन् । गत वर्ष बीमा कम्पनीहरूले पौने १० अर्ब नाफा कमाएका छन् ।

 

हाल नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् ।

 

यी कम्पनीहरूले गत वर्ष ९ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएका  हुन् । जुन अघिल्लो आवको तुलनामा ४८.९९  प्रतिशतले बढी हो । अघिल्लो वर्ष ती कम्पनीहरूले कुल ६ अर्ब ५९ करोड रुपैयाँ बढी नाफा कमाएका थिए ।

 

तर, वित्तीय विवरण अनुसार नाफामा जीवन बीमाभन्दा निर्जीवन बीमा अगाडि देखिएका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । निर्जीवन बीमा कम्पनीहरूको नाफा अघिल्लो आवको तुलनामा ४४.६९ प्रतिशतले वृद्धि गरेका हुन् । निर्जीवन बीमा र जीवन बीमा कम्पनीहरूको नाफाको अन्तर ५३ करोड ८१ लाख रुपैयाँले बढी छ ।

 

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले भने ४ अर्ब ६४ करोड ९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नाफा वृद्धिमा भने जीवन बीमा कम्पनी अगाडि देखिएका छन् ।

 

निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै नाफा राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । समीक्षा अवधिमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ६३.१५ प्रतिशतले बढेको हो ।

 

दोस्रो धेरै नाफा कमाउनेमा भने नेको इन्स्योरेन्स देखिएको छ । कम्पनीले गत वर्ष ५५ करोड ३१ लाख रुपैयाँ बढी नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने नेकोको नाफा १.५२ प्रतिशतले मात्रै धेरै हो ।

 

निर्जीवन बीमा तर्फ हिमालयन एभरेष्टले नाफामा छलाङ मारेको छ ।  अघिल्लो वर्षको तुलनामा कम्पनीले नाफा १८४.७५ प्रतिशतले बढाएर ४० करोड ६ लाख रुपैयाँ पुर्‍याएको छ । नाफा ग्रोथकै आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसीले भने ९३.३५ प्रतिशतले वृद्धि गरि २८ करोड १ लाख रुपैयाँ पुर्‍याएको छ ।

 

समीक्षा अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ, शिखरले ४० करोड ३१ लाख, ओरियण्टलको ४० करोड  र नेपाल इन्स्योरेन्सले ४० करोड बढी नाफा कमाएका छन् ।

 

यस्तै, सिद्धार्थ प्रिमियर ३६ करोड ३५ लाख, आइजीआई प्रुडेन्सियलले २६ करोड १० लाख, प्रभुले २४ करोड १५ लाख, एनएलजीले २४ करोड १० लाख, युनाईटेड अजोडले २० करोड २० लाख र नेशनल इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

 

जीवन बीमा तर्फ भने गत वर्ष सबैभन्दा धेरै नाफा नेपाल लाइफले कमाएको छ । अघिल्लो आवमा ३५ करोड २७ लाख ऋणात्मक रहेको नेपाल लाइफको नाफा गत वर्ष भने ६७ करोड ४४ लाख धनात्मक छ ।

 

दोस्रो स्थानमा भने हिमालयन लाइफले फड्को मारेको छ । साविकको प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा गाभिएर बनेको हिमालयन लाइफले गत वर्ष ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन, अघिल्लो आवको तुलनामा ४२.५० प्रतिशतले बढी हो ।

 

तेस्रो स्थानमा रहेको सन नेपाल लाइफले पनि ५६ करोड ६५ लाख रुपैयाँ बढी नाफा कमाएको छ । नाफा ग्रोथमा भने सन नेपाल पहिलो स्थानमा छ । कम्पनीले अघिल्लो आवको तुलनामा नाफा १६४ प्रतिशतले बढाएको हो ।

 

यस्तै, चौथो स्थानमा रहेको सूर्य ज्योतिले पनि ४६ करोड ३ लाख रुपैयाँ कमाएको छ । यता, रिलायवल नेपाल लाइफले पनि ४३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो ।

 

त्यसैगरि अघिल्लो आवमा नोक्सानीमा रहेको एलआईसीले पनि नाफामा उल्लेख्य सुधार गरेको छ । समीक्षा अवधिमा कम्पनीले १२ करोड ४६  लाख रुपैयाँ नाफा कमाएको हो । तर, अघिल्लो आवमा भने कम्पनी ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

 

गत वर्ष नेशनल लाइफको नाफा ५०.६८ प्रतिशत, मेट लाइफको ३९.६५ प्रतिशत, एशियन लाइफको  १७.६८ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको १.९३ प्रतिशत घटेको छ ।

 

समीक्षा अवधिमा आइएमई लाइफको नाफा भने ८७.१७ प्रतिशत, सानिमा रिलायन्सको ३७.८८ प्रतिशत, प्रभु महालक्ष्मीको ४४.६८ प्रतिशतले नाफा बढाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...