YouTube Link

विप्लव नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज नवीन बिक पक्राउ

Facebook Link

काठमाडौं: विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका बिक पूर्व राज्यमन्त्री समेत हुन् ।

प्रहरी स्रोतले गएराति बिक पक्राउ परेको पुष्टि गरेको छ । उनलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन् । बिक तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन् ।

शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादीले उनलाई भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी दिएको थियो । ०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री नै बनेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...