YouTube Link

नवलपरासीका दुई छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परी ६ जनाको मृत्यु, १६ जना घाइते

Facebook Link

नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते छन् । नारायणढ-बुटवल सडक खण्डको कावासोती नगरपालिका खरकट्टा जंगलमा गएराती कार र ट्रक ठोकिदा पाँच जनाको मृत्यु भएको हो । मृतक सबै कारमा सवार रहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१ का दीपक वि.क., वडा नं. ५ का डिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्यको सनाखत हुन सकेको छैन । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ८५३२ नम्बरको ट्रकसँग कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कारसँग ठोकिएको हो ।

दुर्घटना हुने समयमा हावाहुरीसहित पानी परेको हुनाले तिव्र गतिमा रहेको कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएकाले शव निकाल्न दुई घण्टा लागेको प्रहरीले जनाएको छ । त्यसैगरी, मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा गएराती भएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना. ७ ख ८६४२ नम्बरको यात्रुबहाक बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षिय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तिमिल्सिनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाईते १६ जनाको नवलपुर, कालीगण्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...