YouTube Link

मछिन्द्र क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश, भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्ने

Facebook Link

 

काठमाडौं: भुटानको पारो एफसीलाई ३-२ गोल अन्तरले हराउँदै मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

मछिन्द्रको जितका लागि विमल घर्ती मगर, आयुष घलान र ओलावाले आफिजले १-१ गोल गरे । यसअघिको संस्करणमा श्रीलंकाको ब्लु स्टारसँग मछिन्द्र पराजित भएको थियो ।

 

मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । खेल साउन ३१ गते बुधबार कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ ।

 

यो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग खेल्नेछ ।

 

दशरथ रंगशालामा खेलको छैटौं मिनेटमा पारोले अग्रता लिएको थियो । जापानी फरवार्डको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै पोस्टभित्र छिर्यो । तर मछिन्द्रले खेलको पाँच मिनेट नबित्दै बराबरी गोल फर्कायो ।

 

१२ अ‍ौं मिनेटमा सर्ट कर्नरपछि आयुषको क्रमलाई विमलले हेडरमार्फत गोलमा परिणत गरे ।लगत्तै १५ अ‍ौं मिनेटमा विमल र आयुषको सहकार्यमा मछिन्द्रले अग्रता लियो । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

 

खेलको ३९औं मिनेटमा मछिन्द्रका लागि ओलावाले आफिजले गोल गरे । मिडफिल्डमा ओमोलाजा करीमले अन्तिममा दायाँ विंगबाट दिएको सुन्दर क्रसमा आफिजले हेडरमा गोल गरे ।

 

खेलको ५८औं मिनेटमा गोलरक्षक विशालले यसी दोर्जीको प्रहार बचाउँदै मछिन्द्रको २ गोलको अग्रता कायम राखे । खेलको ७१औं मिनेटमा एभान्स असान्तेले गोल गर्दै पारोलाई खेलमा फर्काउने संकेत दिए ।

 

निकै कडा प्रतिष्पर्धा रहेको खेलको ९०औं मिनेटमा कप्तान विशालले काजुओको प्रहारलाई आफ्नो दायाँतर्फ डाइभ दिँदै विफल पारे । इन्ज्युरी समयमा विमलले खाली पोस्टमा बललाई पोस्टको दिशा दिन नसक्दा खेल ३-२ मा टुंगिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...