YouTube Link

सीआईबीलाई सुन प्रकरणको अनुसन्धानमा विश्वास गरौः गृहमन्त्री श्रेष्ठ

Facebook Link

 

काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनुपर्ने बताएका छन् ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो प्रकरणको छानबिनका लागि समिति गठन गर्न माग गरिरहेको सन्दर्भमा श्रेष्ठले आज प्रतिनिधिसभामा यस्तो जवाफ दिएका हुन् । उनले राज्यका निकायलाई विश्वास गर्नुपर्नेमा जोड दिए ।

 

यो प्रकरणको राजस्व अनुसन्धान विभागले २० दिनसम्म अनुसन्धान गरेर सीआईबीलाई फाइल बुझाएको जानकारी दिए । संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि ६० दिन हुनेमा अब सीआईबीसँग यो प्रकरणको अनुसन्धानका लागि ४० दिन म्याद रहेको बताए ।

 

त्यसमा पनि सरकारी वकिलको कार्यालयमा पाँच दिनसम्म अभियोजनको प्रक्रिया चल्न सक्ने भएकाले ३५ दिनभित्रै सीआईबीले अनुसन्धान सक्ने श्रेष्ठको भनाइ छ । उक्त अवधिमा पनि सीआईबीले कसैलाई जोगाउन खोजेको ठाने नयाँ सिराबाट अगाडि बढ्न सकिने बताए ।

 

यसअघि सुन तस्करी प्रकरणको अनुसन्धानका लागि समिति गठन गरिएको प्रसँग उठाउँदै श्रेष्ठले तर, उक्त समितिले ३३ किलो सुनमध्ये एक ग्राम पनि फेला पार्न नसकेको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...