YouTube Link

सीआईबीलाई सुन प्रकरणको अनुसन्धानमा विश्वास गरौः गृहमन्त्री श्रेष्ठ

Facebook Link

 

काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनुपर्ने बताएका छन् ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो प्रकरणको छानबिनका लागि समिति गठन गर्न माग गरिरहेको सन्दर्भमा श्रेष्ठले आज प्रतिनिधिसभामा यस्तो जवाफ दिएका हुन् । उनले राज्यका निकायलाई विश्वास गर्नुपर्नेमा जोड दिए ।

 

यो प्रकरणको राजस्व अनुसन्धान विभागले २० दिनसम्म अनुसन्धान गरेर सीआईबीलाई फाइल बुझाएको जानकारी दिए । संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि ६० दिन हुनेमा अब सीआईबीसँग यो प्रकरणको अनुसन्धानका लागि ४० दिन म्याद रहेको बताए ।

 

त्यसमा पनि सरकारी वकिलको कार्यालयमा पाँच दिनसम्म अभियोजनको प्रक्रिया चल्न सक्ने भएकाले ३५ दिनभित्रै सीआईबीले अनुसन्धान सक्ने श्रेष्ठको भनाइ छ । उक्त अवधिमा पनि सीआईबीले कसैलाई जोगाउन खोजेको ठाने नयाँ सिराबाट अगाडि बढ्न सकिने बताए ।

 

यसअघि सुन तस्करी प्रकरणको अनुसन्धानका लागि समिति गठन गरिएको प्रसँग उठाउँदै श्रेष्ठले तर, उक्त समितिले ३३ किलो सुनमध्ये एक ग्राम पनि फेला पार्न नसकेको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...