Texas College
YouTube Link

हेर्नुहोस् आज २०८० साउन २४ गते बुधबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,

नयाँ काम थालनी गर्न बिहानीकाे समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन्।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को,

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। प्रयत्न गर्दा काम भने बन्नेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ। तर, केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ। ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन्।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिगाे काममा जग बसाउने मौका छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिउँसाेदेखि भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। नियमित कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो,

सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ। बाेलीका भरमा चिताएकाे काम बन्न सक्छ। साथीभाइ तथा सहयाेगीहरूकाे साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ। दिउँसाेदेखि भने प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...