YouTube Link

रोल्पा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

World Cup 2026
Facebook Link

 

रोल्पाः रोल्पाबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका-७ तिला रिचीमा दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ ।

 

घटनामा १९ जना घाइते भएका छन् । सहिद मार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको बस सडकदेखि झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार रहेका थिए ।

 

मृत्यु हुनेमा सबै रोल्पाकै यात्रु रहेका छन् । प्रहरीका अनुसार  परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक, माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगीको मृत्यु भएको छ ।

 

दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११

काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

वि.सं.२०८३ जेठ १२ मंगलवार ०९:२०

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे...