YouTube Link

राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै नाइजरमा सैनिकले गरे सत्ता कब्जा

Facebook Link

 

एजेन्सीः पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका छन् । बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई त्यहाँका सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन् ।

 

राष्ट्रिय टेलिभिजन मार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन् । टीभीमा विद्रोह घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ सिपाहीसँगै थिए । सो क्रममा उनले भने, ‘हामी, रक्षा र सुरक्षा बलले तपाईंलाई थाहा भएको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ । यो लगातार खस्किँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक अवस्थाको परिणाम हो ।’

 

स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताएका छन् ।  साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी रहने घोषणा गरिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति बाजुमलाई अमेरिकाको समर्थन अटल रहने बताएका छन् ।

 

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बाजुमसँग कुरा गरी पूर्ण सहयोग गर्ने बताएका छन् । राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमी देशहरूको प्रमुख सहयोगी हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...