सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बन
वि.सं.२०७६ भदौ २४ मंगलवार ०९:२०
1.1K
shares
एजेन्सी: सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बित भएको छ । प्रधानमन्त्री बोरिस जोनसन संसदमा भएका चार मतदानमा पराजित भएसँगै संसद् निलम्बनमा परेको हो । संसद् पाँच सातासम्मका लागि निलम्बित गरिएको बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले पुष्टि गरेको हो ।
यस अनुसार बेलायती संसद् आगामी १४ अक्टोबरसम्म निलम्बित हुनेछ । अक्टोबर १४ मा महारानी एलिजावेथले सम्बोधन गरेपछि संसद् शुरु हुनेछ । यद्यपि, यता विपक्षी नेताहरुले भने संसद् निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णयको चर्को आलोचना गरेका छन् । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले संसद् निलम्बन गर्ने निर्णय लज्जास्पद रहेको जनाएका छन् ।
वि.सं.२०७६ भदौ २४ मंगलवार ०९:२०



















