YouTube Link

आयरल्यान्डलाई हराउँदै जर्मन युरोकप छनोटको शीर्षस्थानमा उक्लियो

Facebook Link

एजेन्सी: युरोकप छनोट अन्तर्गत गएराती भएको खेलमा जर्मन र नेदरल्यान्ड्सले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । जर्मनले शीर्षस्थानमा रहेको उत्तरी आयरल्यान्डलाई २-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

जर्मनका लागि दुवै गोल दोस्रो हाफमा भएको थियो । मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा सर्ज गनाब्रीले गोल गर्दै जर्मनीको जित पक्का गरे । पहिलो हाफमा केहि सुस्त प्रदर्शन गरेको जर्मनले दोस्रो हाफमा भने निकै आक्रमण रणनीति अपनाएको थियो । आयरल्यान्डका गोलरक्षक बेली पिकक-फेरलले केहि राम्रो बचाउ गर्दै अन्तिमसम्म पनि आफ्नो टोलीको सम्भावना कायम राखेका थिए ।

समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले रायन बाबेलको दुई गोलसँगै इस्टोनियालाई ४-० ले पराजित गर्यो । खेलको १७औं र ४७ औं मिनेटमा बाबेलले डेली गोल गरे । मेम्फिस डिपाएले ७६औं मिनेटमा उत्कृष्ट गोल गर्दै ३-० को स्कोर बनाए । जिओर्जिनियो वाइनल्डमले ८७औं मिनेटमा गोल गरेपछि नेदरल्यान्ड्सले फराकिलो जित पक्का गर्यो ।

यस नतिजासँगै समूह ‘सी’ मा जर्मन शीर्षस्थानमा उक्लिएको छ । जर्मन र उत्तरी आयरल्यान्डको ५ खेलमा समान १२ अंक भएपनि जर्मनी गोल अन्तरमा अगाडी छ । नेदरल्यान्ड्सको ४ खेलमा ९ अंक छ । बेलारुस ५ खेलमा ३ अंक र इस्टोनिया अंकविहिन रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...