YouTube Link

ग्रेडिङ पद्धतिको अन्योलले एसइईको नतिजा प्रकाशनमा ढिलाई

World Cup 2026
Facebook Link

 

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुर्‍याए पनि ग्रेडिङ पद्धतिबारे अझै अन्योल कायमै रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको एसइई नतिजा यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने लक्ष्य रहेपनि कुन ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन गर्ने हो भन्ने बारे टुंगो छैन ।

 

नतिजा प्रकाशनको तयारीमा बोर्ड रहेपनि हालसम्म पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही निर्णय भएको छैन । पुरानै ग्रेडिङ पद्धतिमा ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्रतिशत ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस दिइँदै आएको छ ।

 

यस्तै, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिँदै आएको छ। तर नयाँ लेटर ग्रेडिङ लागू भएमा सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।

 

लेटर ग्रेडिङ लागू गर्न विभिन्न ग्रेड निर्धारण गरिएको छ । ९० र सोभन्दा माथि ४.० सर्वोत्तम, ८० र सोभन्दा माथि ९० भन्दा कम प्रतिशत ३.६ अत्युत्तम, ७० र सोभन्दा माथि ८० भन्दा कम ३.२ उत्कृष्ट ग्रेड निर्धारण गरिएको छ ।

 

६० र सोभन्दा माथि ७० भन्दा कम २.८ उत्तम, ५० र सोभन्दा माथि ६० भन्दा कम २.४ सन्तोषजनक, ४० र सोभन्दा माथि ५० भन्दा कम २.० ग्राह्य, ३५ र सोभन्दा माथि ४० भन्दा कम प्रतिशत १.६ आधारभूत र ३५ भन्दा कम अवर्गीकृतमा ग्रेड निर्धारण गरिएको छ ।

 

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ८, कक्षा १० र कक्षा १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ । परीक्षा बोर्डले यो नियम २०७९ सालबाटै कार्यान्वयनमा आइसकेको जनाएको थियो । तर उक्त नियम ०७९ मा एसइई नतिजा प्रकाशन गरेको बेला बोर्डले कार्यान्वयनमा ल्याएन । पुरानै ग्रेडिङ अनुसार नतिजा सार्वजनिक भएको थियो ।

 

परीक्षा बोर्डले (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग आवेदन पनि माग गरेको छ । बोर्डले असार ६ गते एसएमएस, आइभिआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

 

​सूचना अनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानून बमोजिम दर्ता भएको हुनुपर्नेछ । संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ । एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशनका लागि एकमुष्ट २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार, एसएमएस,आइभिआर र वेबसाइट सेवाका लागि एकमुष्ट एक लाखका दरले सेवा उपलब्ध गराउने प्रयोजनका लागि राजश्व बुझाउनुपर्नेछ ।

 

एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो । परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

 

एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो भने परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...