YouTube Link

शेखर कोइरालालाई प्रधानमन्त्री बनाउन कांग्रेसको तयारी, माओवादीलाई फेरि एमालेको आश

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको विकल्पमा नयाँ समीकरण बनाउन दलहरुको चलखेलले राजनीति माहोल तातेको छ ।

 

सरकारमा सहभागी दलहरुबीच असन्तुष्टि बढ्दै जाँदा सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसकै सक्रियतामा वर्तमान सरकारको विकल्प खोज्न थालिएको हो । सरकारमा सहभागी गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकै अग्रसरतामा एमाले सहितको नयाँ समीकरण बनाउन दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।

 

संघीय सदनमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमा सत्ता गठबन्धनमै असन्तुष्टि प्रकट भइरहँदा वर्तमान दाहाल सरकारलाई विस्थापित गर्दै प्रतिपक्षी एमाले र कांग्रेस नयाँ समीकरण बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

 

पछिल्लो समय एमाले-कांग्रेस सत्ता सहकार्य गर्नुपर्ने दुबै पार्टीका युवा नेताहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन् । राजनीतिक स्थिरता कायम गर्न दुई ठूला पार्टी मिल्नुपर्ने उनीहरुको तर्क छ । नेताद्वय कोइराला र देउवाबीच पार्टीभित्र आगामी दिनमा सहकार्य गर्ने आन्तरिक सहमति भएको बताइन्छ ।

 

सरकारको नेतृत्व गर्ने अवस्था आए कोइरालालाई नेतृत्व छाड्न सभापति देउवा तयार रहेको कांग्रेस स्रोत बताउँछ । कांग्रेस-एमाले नेतृत्वमा सरकार गठन भएको अवस्थामा डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने गरि सहमतिको प्रयास भइरहेको छ ।

 

कोईराला प्रधानमन्त्री बनेको अवस्थामा पार्टी सञ्चालनमा कोईरालाले देउवालाई सहयोग गर्ने, कोईरालाले सहयोग गर्दा देउवा पक्षमा प्रचण्ड बहुमत पुग्ने भन्दै देउवालाई आश्वस्त पार्ने काम भएको छ, जसमा देउवा सकारात्मक रहेको स्रोतको दाबी छ ।

 

कांग्रेस सभापति देउवा हाल उपचारको क्रममा सिंगापुरमा रहेका छन् । त्यहाँबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने गरि विभिन्न शक्तिकेन्द्रसँग छलफल चलाइरहेको बताइएको छ । उनी नेपाल फर्किए लगत्तै नयाँ समीकरणको पक्षमा माहौल बन्ने स्रोतको दाबी छ ।

 

कांग्रेसले एमालेसँग सहकार्यको प्रस्ताव अघि सारेको सुँइको पाएपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले पनि एमालेसँग पुनःसहकार्य गर्ने अभिप्रायले छलफल अघि बढाएको बताइएको छ ।

 

यसका लागि माओवादी केन्द्रका उपमहासचिव रहेका प्रभावशाली नेता वर्षमान पुन लगायतका नेताहरुले सक्रियता बढाएको स्रोत बताउँछ । लामो समय चीनमा उपचार गराएर फर्किएका पुन सुरुदेखि नै एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा पार्टीमा अडान राख्ने नेता हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...