Texas College
YouTube Link

देशैभरी मेघ-गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Facebook Link

 

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका धेरै भू-भागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ ।

 

आज राति भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

 

कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ ।

 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ ।

 

भारी वर्षा र मेघ-गर्जन/चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...