तीन विकेटको क्षतिमा नेपालले वेस्ट इन्डिजविरुद्ध जितको लागि ३४० रनको विशाल लक्ष्य पछ्याउँदै
वि.सं.२०८० असार ७ बिहीवार १८:१२
2.3K
shares
काठमाडौं: आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले जितको लागि ३४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा ३ विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भएका छन् । तीव्र गतिका बलर किमो पलको १२औं ओभरको अन्तिम बलमा आसिफ टस एज लागेर स्लिपमा कायल मेयर्सबाट क्याच आउट भएका हुन् ।
तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए । क्रिजमा रोहित पौडेल आरिफ शेखले खेलिरहेका छन् ।
यसअघि वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान शाई होपले सर्वाधिक १३२ रनको योगदान दिए । उनले १२९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै १३२ रनको योगदान दिएका हुन ।
त्यस्तै निकोलस पुरनले ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले २१६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
ब्रेन्डन किङ्गले ३२ रन जोडे । उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाएका हुन् । यस्तै रोभम्यान पावेलले २९ रन बनाए । उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन् । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।
बलिङतर्फ नेपालका ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह एरीले समान एक-एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
वि.सं.२०८० असार ७ बिहीवार १८:१२



















