नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
वि.सं.२०७९ चैत १९ आइतवार ०७:०३
1.7K
shares
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भएको छ ।
बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
आफ्नो भागमा परेका ८ मन्त्रालयमध्ये कांग्रेसले ४ मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ ।
गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्री मात्र पठाएको थियो ।
वि.सं.२०७९ चैत १९ आइतवार ०७:०३




















