Rajshow Bivag

एसइई परीक्षालाई मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग गर्न परीक्षा बोर्डको आग्रह

Departmant of helth services

 

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ ।

 

बोर्डले सार्वजनिक सूचना जारी गरी परीक्षा अवधि र परीक्षा पछि पनि  व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।

 

परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने भएकाले यस्तो आग्रह गरिएको परीक्षा बोर्डले जनाएको छ ।

 

एसइईलाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न/गराउन परीक्षा सञ्चालन पूर्व, परीक्षा अवधि र परीक्षा सञ्चालन पछिका व्यवस्थापनमा आवश्यक तयारी बोर्ड, सम्बन्धित प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह गरेको छ ।

 

‘महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत रहेका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरी त्यहाँबाट आवश्यक समन्वय र सहयोग हुन अनुरोध छ’‚ पत्रमा भनिएको छ ।

 

परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...