सरकारमा सहभागी हुने मन्त्री टुंग्याउन देउवा निवासमा बैठक
वि.सं.२०७९ चैत १६ बिहीवार १३:०९
2K
shares
काठमाडौं: नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बैठक बोलाएका छन् ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकबाट तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेर बाहिरिएका देउवाले मन्त्री टुंग्याउन धुम्बाराहीस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् ।
सत्ता गठबन्धनको बैठक अपराह्न २ बजे बस्दै छ । बैठक अगावै कांग्रेसले मन्त्री टुंगो लगाउन सभापति देउवाले आफ्नै निवासमा बैठक बोलाएका हुन् ।
वि.सं.२०७९ चैत १६ बिहीवार १३:०९


















