Rajshow Bivag

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Departmant of helth services

 

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

संसद् सचिवालयका अनुसार आजको बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ । विमली २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका थिए । उनको चैत ७ गते निधन भएको थियो ।

 

राष्ट्रिय सभा बैठकका लागि भने एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३२

  काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी...

चार किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ

चार किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१७

  काठमाडौं: त्रिभुवन विभानस्थल प्रहरीले करिब चार किलो ११ सय...

नेपाली कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:४७

  काठमाडौं: नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको...

हेर्नुहोस् आज २०८१ बैशाख ३१ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ३१ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२२

    मेष - Aries चु, चे, चो, ला, लि,...

बत्तीसपुतलीमा युवकको हत्या अभियोगमा पक्राउ परेका चारै जना १६ वर्षमुनिका नाबालिग

बत्तीसपुतलीमा युवकको हत्या अभियोगमा पक्राउ परेका चारै जना १६ वर्षमुनिका नाबालिग

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०४

  काठमाडौं: काठमाडौंको बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एकजना युवकको हत्या...

राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत

राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:५६

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालको राजीनामा...