Rajshow Bivag

मन्त्रालयको भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

Departmant of helth services

 

काठमाडौं: मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।

 

आज शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबारसम्ममा सरकारलाई पूर्णता दिनुपर्ने सुझाव दिएको थियो । पार्टीको सुझाव अनुसार प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् ।

 

गठबन्धनमा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्री सहित ५ मन्त्रालय पाउने लगभग सहमति भएको छ । तर, नेकपा एस र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा एस र जसपालाई २/२ मन्त्रालय दिन तयार छन् । आफूले राष्ट्रपतिदेखि सभामुखसम्म कुनै ठूला पदमा दाबी नगरेकाले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने नेकपा एसको अडान छ ।

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी छ । जनमत, लोसपा, नागरिक उन्मुक्ति, आम जनता, नेपाल समाजवादी पार्टीलाई एकएक मन्त्रालय दिने तयारी छ ।

 

तर, लोसपा र जनमतले एक मन्त्रालयमा चित्त नबुझाउने संकेत गरिसकेका छन् । त्यही विषयमा प्रधानमन्त्री प्रचण्डले सबै दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरिसकेपछि मात्रै संयुक्त बैठक राख्न लागेका हुन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

वि.सं.२०८१ जेठ १ मंगलवार ११:१३

  काठमाडौं: नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा...

सुकेधारा चोकस्थित नालामा एक पुरूषको शव भेटियो

सुकेधारा चोकस्थित नालामा एक पुरूषको शव भेटियो

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५९

  काठमाडौं: काठमाडौंको सुकेधारामा एक पुरूषको शव फेला परेको छ...

साइबर अपराधलाई न्यूनिकरण गर्न प्रविधिको चुनौतीलाई नियमन गर्ने कानुन बनाउनुपर्छः भीमप्रसाद ढकाल

साइबर अपराधलाई न्यूनिकरण गर्न प्रविधिको चुनौतीलाई नियमन गर्ने कानुन बनाउनुपर्छः भीमप्रसाद ढकाल

वि.सं.२०८१ जेठ १ मंगलवार १०:३८

  जनतासँग सबैभन्दा नजिक रहने सुरक्षा निकाय हो नेपाल प्रहरी...

खोटाङमा तीनदिने निःशुल्क आँखा शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको सफल शल्यक्रिया सम्पन्न

खोटाङमा तीनदिने निःशुल्क आँखा शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको सफल शल्यक्रिया सम्पन्न

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०९

  खोटाङ: नेत्रज्योति संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क...

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

वि.सं.२०८१ जेठ १ मंगलवार ०९:४९

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको...

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदै

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदै

वि.सं.२०८१ जेठ १ मंगलवार ०७:२१

  काठमाडौं: सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा...