YouTube Link

सिंहदरबार घेर्न गएका आरक्षण बचाउ आन्दोलनमा प्रहरी हस्तक्षप, नेता कार्यकर्ता गिरफ्तार

Facebook Link

काठमाडौं: लोकसेवा आयोगले जारी गरेको विज्ञापन असमावेशी भएको भन्दै आदिवासी जनजाति, मुस्लिम, दलित लगायत समुदायले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । राजधानीको भद्रकालीमा गरिएको प्रदर्शन प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग भएको प्रहरीले जनाएको छ । यस क्रममा प्रहरीले आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, महासचिव थाङसाङ लावती, समाजवादी पार्टीका नेता दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सिएन थारू, कल्पना, वाङ्जु तामाङ लगायत गिरफ्तारमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए । आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिइरहेका छन् ।

केही महिनाअघि लोक सेवा आयोगले जारी गरेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत रहेको भन्दै आरक्षण बचाउ आन्दोलनले धर्ना, प्रदर्शन गर्दै आएको छ । उनीहरुले आज सिंहदरबार, प्रदेश प्रमुखको कार्यालय, लोकसेवाको कार्यालयअघि प्रदर्शन गर्ने कार्यक्रमअनुसार प्रदर्शन गरेका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...