YouTube Link

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाइँदै, समायोजनको बाटो खुल्दै

Facebook Link

 

काठमाडौं: गृह मन्त्रालयले प्रहरी ऐन-२०१२ लाई प्रतिस्थापन गर्ने गरी नयाँ प्रहरी ऐन बनाउन प्रस्ताव अघि बढाएको छ ।

 

प्रहरी ऐन-२०१२ लाई प्रतिस्थापन गर्न ‘नेपाल प्रहरी ऐन-२०७९’ को मस्यौदा संसदमा लैजान प्रस्ताव गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव जीतेन्द्र बस्नेले बताए ।

 

गृहले नयाँ ऐनको मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि सो मस्यौदा कानुन मन्त्रालय र लोकसेवा आयोगमा स्वीकृति लिएर मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपरिषद्ले निर्णय गरेर मस्यौदा संसदमा पेस गर्ने कानुनी व्यवस्था छ ।

 

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको बेला २०७६ मा पनि नेपाल प्रहरी ऐन-२०७९ निर्माण गर्न संसदमा पेस गरिएको थियो । तर, त्यसबेला सो मस्यौदा संसदले फिर्ता पठाएको थियो ।

 

सांसदबाट फिर्ता भएको ‘नेपाल प्रहरी ऐन–२०७९’ को मस्यौदा संशोधन सहित पुनस्वीकृतिका लागि प्रस्ताव गरिएको छ । संशोधित प्रस्तावमा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन प्रस्ताव गरिएको छ । मस्यौदामा ३० वर्षे सेवा अवधि हटाउन प्रस्ताव गरिएको सहसचिव बस्नेतले जानकारी दिए ।

 

२०७६ मा प्रस्तावित मस्यौदामा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव थिएन । अहिले सो व्यवस्था हटाएर उमेर हद र निश्चित पदावधि पुरा गरेर अवकाशमा जाने व्यवस्था लागु गर्न प्रस्ताव गरिएको छ । प्रस्तावित मस्यौदा अनुसार प्रहरी महानिरीक्षक (आईजीपी)को उमेर हद ५८ वर्ष, एआईजी र डीआईजीको उमेर हद  ५७ वर्ष बनाउनुपर्ने उल्लेख गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)को उमेर ५६ वर्ष पुरा भएपछि अवकाशमा जाने व्यवस्था ऐनमा नै गर्न प्रस्ताव गरिएको छ ।

 

गृह मन्त्रालयका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी)को पदावधि ३ वर्ष,  एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष र एसएसपीको पदावधि ६ वर्ष कायम गर्न प्रस्ताव गरिएको छ । प्रहरी उपरीक्षक (एसपी)को पदावधि १० वर्ष राख्न प्रस्ताव गरिएको छ । ‘नेपाल प्रहरी ऐन–२०७९’ संसदबाट पारित भएसँगै प्रहरी ऐन–०१२ खारेज हुनेछ ।

 

प्रहरी समायोजन ऐन बनेको ३ वर्ष पुरा भएपनि प्रहरी ऐन-२०७९ नबन्दा केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन हुन सकेको छैन । नेपाल प्रहरी र प्रदेश प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रदेशमा ५४ हजार ७२० जनशक्ति समायोजन गर्नुपर्ने छ । २०७७ मंसिरमा मन्त्रिपरिषद्ले सो सर्वेक्षण स्वीकृत गरेको थियो । सर्वेक्षण अनुसार केन्द्रमा २४ हजार ८१६ जना समायोजन हुनेछन् ।

 

प्रहरी कर्मचारी समायोजन ऐन-२०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसंचालन, सुपरिवेक्षण र समन्वय) ऐन-२०७६ अनुसार गृह मन्त्रालयले समायोजन अघि बढाएको थियो । तर, नयाँ प्रहरी ऐन नबन्दा अहिले समायोजन प्रक्रिया रोकिएको छ । प्रहरीको समायोजनसँगै प्रदेश प्रहरी कार्यालयलाई चाहिने हतियार र गोलगठ्ठा किन्ने अधिकार दिने कि नदिने भन्ने टुङ्गो लागेको छैन । (रातोपाटी)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...