लिग-२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग भिड्दै
वि.सं.२०७९ फागुन १९ शुक्रवार ११:०३
2.3K
shares
काठमाडौं: आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ ।
पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल गर्न चाहन्छ । शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै ६ खेल जित्नैपर्ने दबाब छ । शीर्ष पाँचमा रहँदै एक दिवसीय मान्यता जोगाउन नेपालले चार खेल जित्नुपर्ने हुन्छ ।
३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकमा नेपाल छैटौं स्थानमा छ । समान ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकमा पीएनजी तालिकाको पुछारमा छ ।
वि.सं.२०७९ फागुन १९ शुक्रवार ११:०३




















