YouTube Link

‘छक्कापञ्जा ४’ भर्सेज ‘छड्के २’को महाभिडन्त

Facebook Link

 

काठमाडौं: दुई नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकैदिन रिलिज हुँदैछन् । फरक धारमा यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने चासो र चर्चा सिने बजारमा व्याप्त छ ।

 

‘छक्का पञ्जा ४’ कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र हो । यो समूहको अहिले ‘६ एकान ६’ देखि छक्कापञ्जाका ३ वटा सिक्वेल सबै सुपरहिट भएका छन् ।

 

चलचित्र ‘छड्के २’ चाहि ८ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को सिक्वेल हो । सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीहरूको अभिनय रहेको छड्के व्यपारिक रूपमा भने सफल भएको थिएन । यद्यपि, फरक खालका चलचित्रमा रमाउने ‘क्वालिटी’ दर्शकहरूले चलचित्रलाई रूचाएका थिए ।

 

हिट चलचित्रको सिक्वेल नभएकाले ‘छड्के २’ को व्यापारिक सफलता सुपरस्टार नायक अनमोल केसीमा अत्यधिक निर्भर छ । अनमोलले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनी थोरै चलचित्र खेल्ने, तर मिहिनेती नायक हुन् । अनमोलको युवापुस्तामा धेरै फ्यान फलोइङ भएकाले उनका चलचित्रले उच्च व्यापार गर्ने पक्काजस्तै हुन्छ ।

 

‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकै दिन रिलिज हुनु चाहि दुर्भाग्यपूर्ण मान्छन् नेपाली चलचित्रका शुभेच्छुकहरूले दुवैले एक अर्कासँग इगो राखेर वा धेरै आत्मविश्वास देखाएर चलचित्र जुधाएको आरोप छ ।

 

‘छड्के २’ले पहिला फागुन १९ गते रिलिज डेट तय गरेको थियो र पछि छक्कापञ्जाले पनि यही मिति घोषणा गरेको हो । छक्का पञ्जा आएपछि छड्केले मिति सार्ने दीपकराज गिरीको आशा थियो, तर त्यस्तो भएन । अनमोल केसी विगतमा बिग बजेटको दक्षिण भारतीय चलचित्रसँग समेत भिड्न नडराएको नजिर छ । उनले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बहुचर्चित दक्षिण भारतीय फिल्मसँग जुध्नुपरेको थियो । यसका बाबजुद चलचित्रले नाफाको व्यापार गरेको थियो ।

 

यद्यपि यसपालि अनमोललाई बढी रिस्क छ । उनले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर गएर ग्याङ लिडरको भूमिका निभाएका छन् । लभरव्वाईका रूपमा बढी रूचाइएका अनमोललाई ग्याङस्टर अवतारमा दर्शकले कत्तिको रूचाउने हुन् यसै भन्न सकिन्न । यद्यपि उम्दा निर्देशक निगम श्रेष्ठले अनमोलको अभिनयमा धेरै निखार ल्याएको आशा राख्न सकिन्छ ।

 

एकै दिन रिलिज भएका दुई नेपाली चलचित्र एकसाथ हिट भएको रेकर्ड खासै छैन । यदि अब भयो भने त्यो सुखद अपवाद हुनेछ । तीन करोडभन्दा माथिको बजेटमा बनेको चलचित्रले लगानी उठाउन १० करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ । यदि दुवै चलचित्र सफल भए भने नेपालको फिल्म बजारले ठूलो फड्को मारेको मान्नुपर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...