यस्तो छ गौशाला क्षेत्रमा महाशिवरात्रिमा सवारीसाधनको रुट
वि.सं.२०७९ फागुन ६ शनिवार ०८:१५
1.5K
shares
काठमाडौं: महाशिवरात्रिमा हुने चहलपहललाई मध्यनगर गर्दै गौशाला क्षेत्रमा हुने चापलाई ट्राफिक प्रहरीले सवारी साधनको डाइभर्सन तोकेको छ ।
गौशाला भएर जाने सवारीको रुट तोकिएको ट्राफिक प्रहरीले जनाएको छ । अब गौशाला क्षेत्र जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरेको छ ।
त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिएको छ । गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
बस तथा माईक्रोबसहरू
* रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।
* रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैँ रत्नपार्क फिर्ता हुने ।
* कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैँ महाराजगंजको बाटो चलाउने ।
माइक्रोबस तथा टेम्पोहरू
* सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।
* जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने ।
मालवाहक सवारी साधनहरू
* जोरपाटी, बौद्ध, चावहिल हुदैँ महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैँ सुकेधारा, महाराजगंज तर्फ जानुपर्ने ।
* कोटेश्वर, तिनकुने, गौशाला हुदैँ बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैँ बौद्ध तर्फ जाने ।
* कोटेश्वर तिनकुने हुदैँ पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।
* महाराजगंज, चावहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।
* कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैँ बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्ग
१. तीलगंगा आँखा अस्पताल अगाडी:- तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरु ।
२. देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल:- पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र ।
३. सिफल चौर:- पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू ।
४. गुह्येश्वरी पारी:- गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू ।
५. वनकाली क्षेत्र:- महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु ।
वि.सं.२०७९ फागुन ६ शनिवार ०८:१५




















