YouTube Link

ब्राजिलको पारा राज्यको एक जेलमा कैदीबन्दीबीच झडप हुँदा ५२ जनाको मृत्यु

Facebook Link

एजेन्सी: ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ भने १६ जनाको शीर छेदन गरिएको छ ।

अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार हिजो स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्न मात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको विवादले झडपको रुप लिएको हो ।

कैदीबन्दीहरुले जेलका दुई अधिकारीलाई बन्धक पनि बनाएका थिए । यद्यपि उनीहरुलाई कैदीको नियन्त्रणबाट मुक्त गराइसकिएको छ । झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको बताइएको छ । ब्राजिलका टेलिभिजनहरुले जेलको भवनबाट धुँवा निस्किरहेको र केही कैदीहरु जेलको छतमाथि हिँडडुल गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

ब्राजिलका सञ्चारमाध्यमहरुका अनुसार अल्टामिरा जेलको क्षमता २ सय रहे पनि ३ सय ११ जना कैदीलाई राखिएको थियो । ब्राजिलमा जेलभित्र हिंसा सामान्य मानिन्छ । गत मे महिनामा एकै दिन चार अलग-अलग जेलमा हिंसा हुँदा ४० जनाको मृत्यु भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...