YouTube Link

बोको हरामको आक्रमणमा नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोमा ६५ जनाको मृत्यु

World Cup 2026
Facebook Link

एजेन्सी: नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोमा बोको हरामका सैन्य फौजले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि ६५ जनाको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उक्त राज्यको मुख्य सहर मैडुगुरीमा मोटरसाइकल तथा भ्यानमा आएका बन्दुकधारीले आफन्तको अन्तिम संस्कारमा सहभागीमाथि अन्धाधुन्द गोली चलाउँदा ६५ जनाको मृत्यु भएको हो । केहीको आक्रमणकारीलाई पछ्याउने क्रममा मृत्यु भएको हो भने केहीको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय उक्त क्षेत्रमा इस्लामिक आक्रमण बढेको छ । स्थानीय सरकारी अधिकारी मुहम्मेद बुलामाले दुई साताअघि गाउँलेले ११ जना बोको हराम विद्रोहीमाथि ज्यान जाने हमला गरेको बदलामा उक्त आक्रमण गरेको हुनसक्न‍े बताएका छन् । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त हमलाको निन्दा गरेका छन् । राष्ट्रपतिले हवाई सैनिकलाई उक्त हमलाकारीलाई तत्काल पत्ता लगाउन निर्देशन दिएको रोयटर्समा उल्लेख गरिएको छ । उक्त क्षेत्रमा द्व‍न्द्वको एक दशकको अवधिमा दश हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको र २० लाख मानिसहरु भागेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...