YouTube Link

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

Facebook Link

काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि स्थापित बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ ।

बुधबार ११ बजे एकीकृत कारोबारको औपचारिक समारोह हुँदैछ । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ प्रति १०० कित्ताका दरले गाभेको हो ।

अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे हुन् । प्रमुख कार्यकारी ज्योतिप्रकाश पाण्डे हुने तय भइसकेको छ । प्रणाली पनि इन्भेष्टमेन्ट बैंककै प्रयोग हुँदैछ ।

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल पुँजी ५८ अर्ब रुपैयाँ माथि छ । ग्राहक संख्या ३० लाख पुगेको छ ।

बैंकको संयुक्त निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यस्तै शाखा सञ्जाल २५७ वटा पुगेका छन् । एक्सटेन्सन काउन्टर ५९ वटा हुँदैछन् । अब बैंकको एटीएम संख्या २७५ पगेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...