YouTube Link

पर्यटन वर्ष २०२० मा २० लाख पर्यटकलाई नेपालले स्वागत गर्न सफल होला त ?

Facebook Link

काठमाडौं: नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा भएको पर्यटन वर्ष २०२० सुरु हुन पाँच महिनामात्र बाँकी हुँदा तयारी भने न्यून छ । पर्यटकको बसाई लम्वाउने तथा खर्च बढाउने प्याकेजको तयारीमा सरकारको ध्यान पुगेको छैन । पर्यटन वर्षको लोगो सार्वजनिक गरेको सरकारले प्रमुख पर्यटकीय गन्तव्य पहिचान तथा ठूलो जनसंख्या रहेका चिनियाँ र भारतीय पर्यटक आकर्षित गर्ने कार्यक्रम अहिलेसम्म ल्याउन सकिरहेकको छैन ।

धार्मिक पर्यटक आकर्षित गर्न सके चीन र भारतबाट मात्रै २० लाख पर्यटक भित्र्याउन सकिने व्यवसायीहरुको भनाई छ । भारतबाट खुल्ला सिमाकै कारण पनि धेरै पर्यटकहरु स्थालमार्गवाट आउने गरेका छन् । तर स्थलमार्ग भएर आउने पर्यटकको गणना नै हुने गरेको छैन । युरोप तथा अमेरिकाबाट आउने पर्यटकलाई बढी ध्यान दिने गरिएपनि नेपालमा सबैभन्दा वढी पर्यटक भारत र दोश्रोमा चीनबाट आउने गरेका छन् ।

कमजोर भौतिक पुर्वाधारका कारण पनि पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा नै हुनेमा पर्यटन व्यवसायी विश्वस्त छैन । नेपालको भ्रमण आउने पर्यटकले हवाई टिकट मुल्य निकै महंगो भएको गुनासो गर्ने गरेका छन् । नेपालका हवाई कम्पनीहरुले युरोप तथा अमेरिकाबाट आउने पर्यटकलाई डलरमा हवाई भाडा असुल्ने गरेका छन भने भारतवाट आउनेलाई भारुमा ।

साहासिक पर्यटनका लागि नेपाल आउने पर्यटकहरुको रेस्क्यु र सुरक्षाको उचित प्रवन्ध मिलाउन तर्फ समेत सरकारले पर्याप्त ध्यान दिन सकेको छैन् । तर, तिव्रताका साथ तयारी अघि बढेको र भ्रमण वर्ष सफल हुने पर्यटन बोर्डको दाबी छ । पोखरा र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई नसकेकाले पर्यटक भित्रने पहिलो द्वार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो ।

पर्यटकको पहिलो पाइला पर्ने काठमाडौं आफैं सडक पूर्वाधारमा कमजोर छ । थोरै पानी पर्दा नै हिलाम्मे हुने सडक र घाम लाग्दा धुँवाधुलोले छप्पकै ढाक्ने काठमाडौं २० लाख पर्यटकलाई स्वागत गर्न सफल होला त ? सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...