YouTube Link

ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि पुलिस र ब्रिगेड ब्वाईज भिड्दै

World Cup 2026
Facebook Link

काठमाडौं: चौंथो संस्करणको ललित स्मृति कप अन्डर एट्टिन च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा एन्फा कम्प्लेक्समा हुने फाईनल खेल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लब खेल्न लागेका हन् । यी दुईबिचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ ।

ब्रिगेड ब्वाईज क्लब यस प्रतियोगिताको साबिक विजेता हो भने पुलिस क्लब पहिलो पटक फाईनल खेल्दैछ । पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो भने ब्रिगेडले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ । पुलिस पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

ब्रिगेड प्रतियोगितामा अपराजित यात्रा गर्ने एक मात्र टोलि हो । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...