तीन लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलाम गर्दै नबिल बैंक
वि.सं.२०७९ मंसिर २७ मंगलवार १६:४१
2.1K
shares
काठमाडौं: नबिल बैंकको तीन लाख दुई हजार ५४५ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
वि.सं.२०७९ मंसिर २७ मंगलवार १६:४१



















