YouTube Link

अध्यादेश स्वीकृत गर्न विप्लवले गरे राष्ट्रपतिलाई आग्रह

Facebook Link

 

काठमाडौं: सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरेको छ ।

 

‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता-कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रपिरिषद्को बैठकबाट अध्यादेशवारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ ।’

 

सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै एमालेका कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको पनि विप्लवले बताएका छन् ।

 

‘कुनैपनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो’, विज्ञप्तिमा भनिएको छ । नेकपाले ३ बुँदे सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन सबै पक्षसँग आग्रह पनि गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...