Texas College
YouTube Link

देउवाकै नेतृत्वमा सरकार गठन गर्ने गरी कांग्रेसको पहल सुरु

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्ने गरी कांग्रेसले पहल सुरु गरेको छ ।

 

वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार निर्माणमा सकारात्मक पहल भइरहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

 

निर्वाचन परिणामले सत्ता गठबन्धनको बहुमत नपुग्ने देखिएपछि देउवाले अन्य घटकसँगको परामर्शलाई तिव्रता दिएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले जनमत पार्टीका नेता सिके राउतसँग परामर्श गरेका थिए ।

 

राउतले आफू लोकतान्त्रिक शक्तिसँग मिल्न तयार रहेको भन्दै सरकारमा सहभागी हुने जनाउ दिएका थिए । उनले आफूहरुको माग शिक्षा, स्वास्थ्य, रोजगार र कृषि भएको भन्दै यी माग सम्वोधन गर्न लोकतन्त्रिक शक्तिसँग मिलेर सरकारमा सहभागी हुन तयार रहेको जानकारी दिएको उपसभापति खड्काले बताए ।

 

वर्तमान गठबन्धनलाई नै अगाडि बढाउन माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तयार देखिएका छन् । तर त्यसका लागि प्याकेज मै सहमति हुनुपर्ने उनीहरुको माग छ । विशेष गरी शक्ति बाँडफाँट गर्दा प्याकेजमा सहमति हुनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ ।

 

कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भइसकेको छ । तर सुरुमा कसको नेतृत्व भन्ने विषयमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री देउवाले गठबन्धन बाहेकका दलका नेतासँग संवाद गर्न आफू निकट मानिने उपसभापति खड्कालाई जिम्मेवारी दिएका छन् ।

 

कांग्रेसभित्र आलोपालो प्रधानमन्त्री बन्ने विषयमा विवाद नभएपनि सुरुको नेतृत्व आफैंले पाउनुपर्ने मत राख्ने नेताहरुको संख्या धेरै छ । माओवादीले भने आलोपालो गर्ने सहमति अनुसार सुरुमा आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने पक्षमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...