चितवन-२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:०५
3.9K
shares
चितवनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर-२ बाट विजयी भएका छन् । उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।
लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:०५



















