तनहुँ-१ बाट वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित
वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:२२
3.5K
shares
तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
पौडेलले २५ हजार ३१८ मत ल्याएर नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:२२



















