यू-२३ पुरुष राष्ट्रिय भलिबल टिमका लागि २० खेलाडी छनोट, आजबाट टिमको बन्द प्रशिक्षण सुरु हुँदै
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०७:४१
3.2K
shares
काठमाडौं: नेपाल भलिबल संघले एक विज्ञप्ति निकाल्दै यू-२३ पुरुष राष्ट्रिय भलिबल टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २३ गतेसम्म भएको खुल्ला छनोटबाट २० खेलाडी छनोट गरिएको संघले जनाएको छ । संघले आइतबारबाट टिमको बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।
ढाकामा आगामी डिसेम्बर २० देखि २७ गतेसम्म आयोजना सीएभए यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि संघले खेलाडी छनोट गरेको हो ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०७:४१




















