सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १७:३७
4.1K
shares
काठमाडौं: काठमाडौं जिल्ला अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो ।
अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले शुक्रबार मुद्दाको किनारा नलागेसम्म सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् ।
अदालतको फैसलासँगै सन्दीपलाई केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको छ । अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले पीडितको पक्षमा जवाफी बहस गरेका थिए । त्यसअघि बिहीबार सन्दीपको तर्फबाट ८ जना वकिलहरुले बहस गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत सोमबार सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १७:३७



















