Rajshow Bivag

पिपुल्स् हाइड्रोपावरले आइपिओ बिक्री गर्दै, आवेदन कहिलेसम्म ?

Departmant of helth services

 

काठमाडौं: पिपुल्स् हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा लागि निष्काकसन गरेको आइपिओ बाँडफाँट गर्दा बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता सेयर समेत गरी उक्त संख्यामा आइपिओ बिक्री गर्न लागेको हो ।

 

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

 

बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा आउन लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

 

उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिन्छ ।

 

आइपिओ निष्कासन बन्द छिटोमा कात्तिक २९ गते हुनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ९ गतेसम्म आवेदन सकिने व्यवस्था छ ।

 

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...