YouTube Link

५ सहकारीविरुद्ध ४ करोड बढी ठगीको आरोप सहित विभागमा उजुरी

Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका पाँच वटा सहकारी विरुद्ध ४ करोड ठगी गरेको आरोप लागेको छ ।

 

महानगरपालिका भित्र सञ्चालनमा रहेको सहकारी विभागमा पाँच वटा सहकारी विरुद्ध ठगीको उजुरी परेको हो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विभागमा सहकारीहरुले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।

 

उजुरी परेका सहकारीहरुमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था, सुख समृद्धि बचत तथा ऋण सहकारी, डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, आरक्ष बचत तथा ऋण सहकारी र नवसंकल्प बचत तथा ऋण सहकारी रहेका छन् ।

 

यी सहकारी विरुद्ध ४ करोड ५ लाख ९१ हजार ६३३ रुपैयाँ मागदावी सहित ६३३ जना बचतकर्ताले विभागमा उजुरी दिएका छन् ।

 

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा एक करोडभन्दा बढिको माग दावी सहित दुई वटा सहकारी विरुद्ध उजुरी परेको थियो । एक करोड ३८ लाख ८७ हजार ९४४ रुपैयाँको मागदावीसहित जय हनुमान बचत तथा ऋण सहकारी संस्था र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी परेको छ । यी सहकारीविरुद्ध ४३ बचतकर्ताले विभागमा उजुरी दिएका हुन् ।

 

त्यस्तै, गत भदौ महिनामा दुईवटा सहकारी विरुद्ध बचतकर्ताहरुले ठगी गरेको भन्दै उजुरी दिएका थिए । डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारीमा बचतका लागि राखेको आफ्नो पैसा फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए ।

 

विभागका अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ ।

 

डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ । उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ ।

 

विभागका अनुसार गत असोज महिनामा नवसंकल्प बचत तथा ऋण सहकारी संस्था विरुद्ध ठगीको उजुरी परेको छ । उक्त सहकारी रकम हिनामिना गरेको भन्दै १७ लाख ४८ हजार ७४४ रुपौयँ बराबरको मागदावी सहित ६७ जनाको उजुरी परेको विभागले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...