YouTube Link

टिकट लिएर टुरिष्ट शैलीमा गुल्मी झुल्किएकी झाँक्रीलाई गुल्मेली जनताले भोट दिँदैनन्: युवा नेता राजेन्द्र अर्याल

Facebook Link

 

काठमाडौं: प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवं नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मीको विकास र देश समृद्धिका लागि एमालेको बिजय अपरिहार्य रहेको बताउँदै सत्ता गठबन्धनले जनताको सार्वभौम मताधिकारलाई खोस्ने, भोट खसाउन नदिने, अनेक प्रकारका षडयन्त्र, प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

 

अर्यालले त्यसको संकेत गुल्मी जिल्लामा देखा परेको उल्लेख गर्दै गठबन्धनले पैसाको खोलो बगाउने, सोझा मतदातालाई विभिन्न प्रलोभनमा पारी मतदाता परिचय पत्र कब्जा गर्ने, राज्य संयन्त्रको दुरुपयोग गर्ने, धाँधली गरेर चुनाव जित्ने दाउमा लागेको बताएका छन् । उनले भने- जिल्लामा स्वास्थ प्रतिस्पर्धाबाट जित हाँसिल गर्न नसक्ने भएपछि सत्ता गठबन्धन तिलमिलाउन थालेको छ, जुन पराजित मानसिकताबाट ग्रसित देखिन्छ ।

 

नेकपा एमाले गुल्मी-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं. २ को काठमाडौमा आयोजित चुनावी कार्यक्रममा अर्यालले गुल्मी-२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोही नयाँ नभएको बताउँदै गुल्मीको बिकासका पर्याय बनेका गोकर्ण बिष्ट लगायत दुबै प्रदेशमा एमाले उम्मेदवार दिनेश पन्थी र डिल्लीराज भुसालको जित पक्का रहेको दावी गरे ।

 

उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाक्री पनि टेस्टेड भएको भन्दै ५ बर्ष सम्म संसद हुँदा जिल्लाका लागि केही नगरेको, संसद भएको साढे चार बर्षसम्म जिल्ला समेत नटेकेको, कोरोना महामारीका बेला गुल्मी र गुल्मेली जनतालाई वेवास्ता गरेको, गुल्मीलाई भन्दा आफ्नो श्रीमानको गृह जिल्ला धनकुटा र आफू बस्ने काठमाडौ क्षेत्र-१ बाट चुनावमा उठ्ने भन्दै सबै काम र ध्यान त्यतै दिएको, अन्तिममा प्रचण्ड र आरजु राणा मार्फत शेरबहादुर देउवालाई प्रभावित पारेर गठबन्धनबाट टिकट लिएर टुरिष्ट शैलीमा गुल्मी झुल्किएको आरोप लगाए । साथै त्यस्तालाई गुल्मी-२ का मतदाताले मत नदिने पनि उल्लेख गरे ।

 

युवा नेता अर्यालले स्थानीय निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि सत्ता गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै चुनावमा गडबड गर्न अनेक तानाबाना बुनिरहेकोआरोप लगाउँदै भने- बुथ कब्जा गर्ने, मतदातालाई आर्थिक प्रलोभन र रोजगारीको प्रलोभनमा पार्ने, फ्री मा बिदेश पाठाईदिने आश्वासन दिने, हरेक कुरामा धाँधली गर्ने, हरेक कुरामा तनाव बढाउने र भिडन्त निम्ताउने यिनीहरूको दाउ छ । यसको डटेर सामना गर्दै, उनीहरुका यस्ता क्रियाकलापको भण्डाफोर गर्दै मतदाताको संरक्षण गर्न जरुरी छ । हामी जिम्मेवार दल र हाम्रा उम्मेदवार विजयोन्नमुख भएकोले संयमित हुनुपर्छ तर हाम्रा साथीहरूमाथि कसैले हमला गरे टुलुटुलु हेरेर बस्दैनौ । हामी ईटको जवाफ पत्थरले दिनेछौ । त्यसैले तपाईहरु ढुक्कका साथ चुनावी मोर्चामा जानोस । तपाईहरुको संरक्षण हामीले गर्छौ, जिम्मा हामी लिन्छौं ।

 

डा. नगेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा नेताहरु गणेश खनाल, गोकर्ण अर्याल, पिएल मणि, प्रा.डा. ऋषिराम शर्मा, गगन बिष्ट, श्रीप्रसाद पाण्डे, रेमलाल पन्थी, सुशील भट्टराई, बिमल घिमिरे, सन्तोष लम्साल, नवीन अर्याल, वसन्त राउत, बिष्णु चालिसे लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...