Rajshow Bivag

टिकट लिएर टुरिष्ट शैलीमा गुल्मी झुल्किएकी झाँक्रीलाई गुल्मेली जनताले भोट दिँदैनन्: युवा नेता राजेन्द्र अर्याल

Departmant of helth services

 

काठमाडौं: प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवं नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मीको विकास र देश समृद्धिका लागि एमालेको बिजय अपरिहार्य रहेको बताउँदै सत्ता गठबन्धनले जनताको सार्वभौम मताधिकारलाई खोस्ने, भोट खसाउन नदिने, अनेक प्रकारका षडयन्त्र, प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

 

अर्यालले त्यसको संकेत गुल्मी जिल्लामा देखा परेको उल्लेख गर्दै गठबन्धनले पैसाको खोलो बगाउने, सोझा मतदातालाई विभिन्न प्रलोभनमा पारी मतदाता परिचय पत्र कब्जा गर्ने, राज्य संयन्त्रको दुरुपयोग गर्ने, धाँधली गरेर चुनाव जित्ने दाउमा लागेको बताएका छन् । उनले भने- जिल्लामा स्वास्थ प्रतिस्पर्धाबाट जित हाँसिल गर्न नसक्ने भएपछि सत्ता गठबन्धन तिलमिलाउन थालेको छ, जुन पराजित मानसिकताबाट ग्रसित देखिन्छ ।

 

नेकपा एमाले गुल्मी-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं. २ को काठमाडौमा आयोजित चुनावी कार्यक्रममा अर्यालले गुल्मी-२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोही नयाँ नभएको बताउँदै गुल्मीको बिकासका पर्याय बनेका गोकर्ण बिष्ट लगायत दुबै प्रदेशमा एमाले उम्मेदवार दिनेश पन्थी र डिल्लीराज भुसालको जित पक्का रहेको दावी गरे ।

 

उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाक्री पनि टेस्टेड भएको भन्दै ५ बर्ष सम्म संसद हुँदा जिल्लाका लागि केही नगरेको, संसद भएको साढे चार बर्षसम्म जिल्ला समेत नटेकेको, कोरोना महामारीका बेला गुल्मी र गुल्मेली जनतालाई वेवास्ता गरेको, गुल्मीलाई भन्दा आफ्नो श्रीमानको गृह जिल्ला धनकुटा र आफू बस्ने काठमाडौ क्षेत्र-१ बाट चुनावमा उठ्ने भन्दै सबै काम र ध्यान त्यतै दिएको, अन्तिममा प्रचण्ड र आरजु राणा मार्फत शेरबहादुर देउवालाई प्रभावित पारेर गठबन्धनबाट टिकट लिएर टुरिष्ट शैलीमा गुल्मी झुल्किएको आरोप लगाए । साथै त्यस्तालाई गुल्मी-२ का मतदाताले मत नदिने पनि उल्लेख गरे ।

 

युवा नेता अर्यालले स्थानीय निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि सत्ता गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै चुनावमा गडबड गर्न अनेक तानाबाना बुनिरहेकोआरोप लगाउँदै भने- बुथ कब्जा गर्ने, मतदातालाई आर्थिक प्रलोभन र रोजगारीको प्रलोभनमा पार्ने, फ्री मा बिदेश पाठाईदिने आश्वासन दिने, हरेक कुरामा धाँधली गर्ने, हरेक कुरामा तनाव बढाउने र भिडन्त निम्ताउने यिनीहरूको दाउ छ । यसको डटेर सामना गर्दै, उनीहरुका यस्ता क्रियाकलापको भण्डाफोर गर्दै मतदाताको संरक्षण गर्न जरुरी छ । हामी जिम्मेवार दल र हाम्रा उम्मेदवार विजयोन्नमुख भएकोले संयमित हुनुपर्छ तर हाम्रा साथीहरूमाथि कसैले हमला गरे टुलुटुलु हेरेर बस्दैनौ । हामी ईटको जवाफ पत्थरले दिनेछौ । त्यसैले तपाईहरु ढुक्कका साथ चुनावी मोर्चामा जानोस । तपाईहरुको संरक्षण हामीले गर्छौ, जिम्मा हामी लिन्छौं ।

 

डा. नगेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा नेताहरु गणेश खनाल, गोकर्ण अर्याल, पिएल मणि, प्रा.डा. ऋषिराम शर्मा, गगन बिष्ट, श्रीप्रसाद पाण्डे, रेमलाल पन्थी, सुशील भट्टराई, बिमल घिमिरे, सन्तोष लम्साल, नवीन अर्याल, वसन्त राउत, बिष्णु चालिसे लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...