YouTube Link

चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय

Facebook Link

 

काठमाडौं: कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष कैद सजाय भएको छ ।

 

उनकी प्रेमिका भनिएकी बैंककै कर्मचारी दीपिका रेग्मीलाई भने ८ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले सोमबार उनीहरुलाई उक्त सजाय सुनाएको हो ।

 

त्यसअघि न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।

 

आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।

 

अनुसन्धानका क्रममा रेग्मीले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् ।

 

विशेषले रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना पनि तोकेको छ । विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको विशेषले जनाएको छ ।

 

उनीहरुविरुद्ध यसअघि सोही प्रकरणमा बैङ्किङ कसुरमा पनि मुद्दा दायर भएको थियो । पाटन उच्च अदालतले रेग्मीलाई ५ वर्ष कैद, बिगो र बिगो बराबर जरिवाना तथा विष्टलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...