YouTube Link

बालेनको बाटोमा कसले लगायो ब्रेकर ?

Facebook Link

 

काठमाडौं: अहिले काठमाडौं उपत्यकाको फोहोर सिसडोल ल्याण्डफिल्डमा फाल्नमा त्यहि कै स्थानीयहरुले अवरोध गरिरहेका छन् ।

 

महानगरको मुहार फेर्न भनेर काठमाडौ महानगरपालिकाको मेयर बन्न आएका बालेन्द्र साहको काममा अहिले दैनिक अवरोधहरु सिर्जना भईरहेको छ ।

 

काठमाडौंको सडकमा फोहोरको उरुङ लाग्दा र दुर्गन्ध फैलिदा समेत बालेनले फोहोर ब्यवस्थापन गर्न सकिरहेका छैनन् । जसका कारण अहिले बालेनको कामलाई लिएर विभिन्न खालको कटाक्ष हुने गरेको छ ।

 

अहिले बालेनको अनुहारमा कुनै चमक देखिएको छैन । उनले काठमाडौंको फोहोरमैलाकै कारण अन्य कामलाई अगाडी बढाउन सकिरहेका छैनन् । उनको काममा राजनीतिक पार्टीले ब्रेकरको काम गरिरहेको कुरा पनि अहिले उठिरहेको छ  ।

 

यस्तो अवस्थामा बालेनलाई एउटा खुसी भने थपिएको काठमाडौंको टेकुस्थित फोहोर ट्रान्स्फर स्टेसनमा थुप्रिएको फोहोर बञ्चरेडाँडासम्म लैजानको लागि नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको छ ।

 

महानगरपालिकाका अनुसार विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका १८ वटा, समानान्तर निर्माण सेवाका ३० वटा महानगरका १२ वटा गरी ६० वटा ट्रीपरले ट्रान्सफर स्टेसनबाट फोहोर ढुवानी गरेका छन् ।

 

समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।

 

बालेनको काममा हातेमालो गरेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् । उनीहरुले आफ्नो क्षेत्रमा थुप्रिएको फोहोर उठ्न थालेपछि बालेनको यो कदमलाई प्रशंसा समेत गर्न थालेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...