दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते
वि.सं.२०७९ भदौ १ बुधवार १७:५८
3.8K
shares
धनगढी: दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । तीनमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको पहिचान भने खुल्न बाँकी छ ।
शैल्यशिखर नगरपालिका-६ का वडाध्यक्ष जगदिश सिंह धामीले दुर्घटनामा परेर एक महिला र ४ पुरुषको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो । प्रहरीको टोली दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब २५० मिटर तल खसेको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १७:५८



















