YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा साविकको विजेता अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साविकको विजेता अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै पाँच पटकको च्याम्पियन अष्ट्रेलिया दुई खेल अगाबै सेमिफाइनलमा प्रवेश गरेको हो । लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४ ओभर ४ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा जोश बट्लर र रशिद आदीलले समान २५/२५ रन बनाए । इंग्ल्याण्डलाई सस्तैमा अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले ४४ रन खर्चेर ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले एक सय रनको शतकीय इनिङ्स खेले । १ सय १६ बलमा फिन्चले ११ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो जारी विश्वकपमा दोस्रो शतक हो । यस्तै डेभिड वार्नरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै एलेक्स केरी र स्टेभेन स्मिथले ३८/३८ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस वोक्सले २ विकेट लिए । यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए । घरेलु टोलीलाई हराएसंगै अष्ट्रेलिया जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...