गरिमा विकास बैंकले कमायो १ अर्बभन्दा बढि खुद नाफा
वि.सं.२०७९ साउन २१ शनिवार १४:३७
2.8K
shares
काठमाडौं: गरिमा विकास बैंक लिमिटेडले एक अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकले एक अर्ब पाँच करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले २६.३५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ ।
हाल बैंकको चुक्ता पूँजी २४.५९ प्रतिशत बढेको छ भने जगेडा कोष २२. ०६ प्रतिशत बढेको छ ।
वि.सं.२०७९ साउन २१ शनिवार १४:३७



















