प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको कार्यकाल मंसिर २१ गते सकिने
वि.सं.२०७९ साउन १९ बिहीवार १८:४९
2.3K
shares
काठमाडौं: निर्वाचन आयोगका प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गते समाप्त हुने बताएको छ ।
सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनलाई बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले सांसदको कार्यकालको बिषयमा निर्वाचन आयोगले व्याख्या नगर्ने बताएका हुन् ।
‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं’ उनले भने, ‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’
प्रमुख आयुक्त थपलियाले निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर र समान खेलमैदान हुनुपर्ने आफूहरुको मान्यता रहेको बताए । त्यस अनुसार ४ मंसिरको चुनावमा उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि स्वतः समाप्त हुने व्यवस्था गर्ने पनि बताए ।
वि.सं.२०७९ साउन १९ बिहीवार १८:४९




















