म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु
वि.सं.२०७९ साउन १७ मंगलवार १२:२४
2K
shares
काठमाडौं: म्याग्दीमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो ।
यस्तै त्यही ठाउँमा पहिरोल अर्को घर पुर्दा २ जना घाइते भएका छन् ।
स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ साउन १७ मंगलवार १२:२४



















