मैदानमै किरणले राखे प्रेमिकासँग विवाहको प्रस्ताव
वि.सं.२०७९ साउन १७ मंगलवार ११:५८
4.5K
shares
काठमाडौं: नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आफ्नी प्रेमिकालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन् ।
माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा किरणले प्रेमिका कन्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।
विवाह प्रस्ताव गरेको भिडियो फेसबुकबाट सेयर गर्दै किरणले, ‘म तिमीलाई रोज्छु र म तिमीलाई बारम्बार रोज्नेछु । बिना कुनै रुकावट, बिना कुनै शंका मुटुको धड्कनमा। म तिमीलाई रोज्नेछु,’ भनेर लेखेका छन् । किरणले विवाह प्रस्ताव राखेको दिनलाई आफ्नो श्वास रहेसम्म याद राख्ने बताएका छन् ।
किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
https://www.facebook.com/watch/?v=598315211657148
किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले उपाधि जितेको थियो । किरण प्रतियोगिताकै सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए । आफूलाई दिइएको गोल्डन ग्लोब्स किरणले कञ्चनलाई प्रदान गरेका थिए ।
वि.सं.२०७९ साउन १७ मंगलवार ११:५८


















