YouTube Link

जग्गाधनीको नक्कली कागजपत्र बनाएर जग्गा बिक्री गर्ने पाँचजना गिरोह प्रहरीको फन्दामा

Facebook Link

 

काठमाडौं: नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कीर्तिपुरमा रहेको करिब ७ करोड मूल्य पर्ने जग्गा नक्कली कागज बनाएर बिक्री गरेको खुलेको हो ।

 

पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस-६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी),  सिन्धुपाल्चोकको थकनी गाविस-३, हाल मेलम्ची नगरपालिका-४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल,  सोलुखुम्बुको साविक नेले गाविस-४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका-१ घर भइ बूढानीलकण्ठ-२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की,  नुवाकोटको साविक दाङसिङ गाविस-८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका-१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस-२, घर भइ  हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन् ।

 

२०५५ सालदेखि शान्तादेवी लोहनीको सपरिवार जापानमा बस्दै आएको थियो । पक्राउ परेकाहरुले शान्तादेवीको नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर भक्तपुरको सुनिता कर्माचार्यलाई जग्गा बिक्री गरेका थिए ।

 

२४ वर्षपछि नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा बेचिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिइन् । लोहनीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा असार १ गते उजुरी दिएकी थिइन् ।

 

नेपाल आएपछि लोहनी जेठ १३ गते मालपोत कार्यालय कलंकी पुगेकी थिइन् । सक्कल पुर्जा देखाई बायोमेट्रीक प्रणाली मार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भइसकेको जनाएको थियो ।

 

त्यसपछि सो जग्गा भक्तपुर निवासी सुनिता कर्मचार्यलाई बिक्री गरेको खुलेको थियो । सुनितालाई पक्राउ परेकाहरुले २०७७ साल फागुन १० गते ३ करोड ७० लाख रुपैयाँमा जग्गा बिक्री गरेका थिए ।

 

पक्राउ पर्ने मध्ये गणेश बहादुर खनाल यो गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । उनले जग्गा खरिद गर्ने व्यक्ति खोज्ने र आर्थिक कारोवारको व्यवस्थानपन हेर्ने गर्ने । यस्तै, बाबुराम कार्की पनि समूहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । उनले नक्कली कागजपत्र बकनाउने र मालपोत कार्यालयमा समन्वय गर्ने गरेका थिए । महावीर चन्दले यो योजनामा शान्तादेवीको श्रीमान हुँ भनी नक्कली तारानिधि लोहनीको भूमिका निर्वाह गरेका थिए ।

 

प्रहरीले उनीहरुबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान-४, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्ता लगायतका सामग्री बरामद गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...