फेरि एकपटक कम्युनिष्ट एकीकरणको अभियानमा लाग्ने वामदेव गौतमको उद्घोष
वि.सं.२०७९ असार ३ शुक्रवार १२:५१
2.1K
shares
काठमाडौं : राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा लाग्ने बताएका छन् ।
आज राष्ट्रिय सभामा बोल्दै नेता गौतमले अब एकपटक पार्टी एकीकरणका लागि लाग्ने बताएका हुन्।
उनले राष्ट्रियसभामा बोल्दै भने म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु, ुकेही समयमा घोषणा गरेर लाग्नेछु,ुउनले भने सफल हुन्छु हुन्न थाहा छैन ।
उनले कम्युनिष्ट पार्टी एक होस् भनेर आफूले कुनै नेताका बारेमा आलोचना टिप्पणी नगरेको समेत बताए।
मेरो जीवनमा म निकै क्रिटीकल व्यक्ति हुँ। मैले पुष्पलालको पनि आलोचना गरेँ, मदन भण्डारीको आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ, उहाँहरुसित सैद्धान्तिक राजनीतिक संघष हुँदै आएको हो। म त्यसैमा दिक्षितजस्तो भएँ।
वि.सं.२०७९ असार ३ शुक्रवार १२:५१




















