कास्कीमा आमा छोरी मृत फेला
वि.सं.२०७९ जेठ १९ बिहीवार ०८:१६
1.8K
shares
कास्की : कास्कीमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन् ।
चितवन रत्ननगर नगरपालिका-१३ घर भई कास्की पोखरा महानगरपालिका-८ सिर्जना चोक नजिक डेरा गरी बस्ने वर्ष ३६ की सुशीला शर्मा र उनकी सात बर्षीया छोरी सोनिका हिजो मृत अवस्थामा पेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् ।
डिएसपी तिवारीका अनुसार कोठामा ढोकाको चुकुल लगाई सुशीला पंखाको हुकमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको र निजको छोरी ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
वि.सं.२०७९ जेठ १९ बिहीवार ०८:१६




















